खेलकुद

अन्तर प्रदेश महिला फुटसलको उपाधी बागमतीलाई

१७ फाल्गुन २०८१, शनिबार २०:२७

काठमाडौं । नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीको महिला बिभागद्धारा नेशनल स्पोर्ट्स सेन्टर प्रा.लि., च्यासल, ललितपुरमा आयोजित अन्तर प्रदेश सम्पर्क कमिटी महिला फुटसल प्रतियोगिता नेकपा (एमाले) बागमती प्रदेश सम्पर्क कमिटीले जित हासिल गरेकोछ ।

प्रतियोगितामा मधेश प्रदेश सम्पर्क कमिटी दोस्रो, कर्णाली प्रदेश सम्पर्क कमिटी तेस्रो र गण्डकी प्रदेश सम्पर्क कमिटी सान्त्वना भएका छन ।

प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी नेकपा (एमाले) का उपाध्यक्ष तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले गर्नु भएको थियो । उद्घाटन पश्चात प्रमुख अतिथी शाक्यले फुटसल प्रतियोगिता आयोजाना गरेकोमा आयोजकलाई धन्यबाद दिनु भयो भने खेल खेल्ने खेलाडीलाई अग्रिम बधाई तथा शुभकामना प्रदान गर्नु भएको थियो साथै यस्ता रचनात्मक कार्यक्रम सम्पर्क समन्वय कमिटीले आगामी दिनमा गर्दै जानु पर्ने धारण राख्नु भएको थियो ।

उद्घाटन कार्यक्रममा नेकपा (एमाले)  स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटी  ईन्चार्ज लालबाबु पण्डितको विशेष आतिथ्यता रहेको थियो, कार्यक्रमका अतिथिहरू नेकपा (एमाले) का केन्द्रीय सदस्यहरू सरस्वती बस्नेत, कल्पना थापा, ईन्द्र भण्डारी  र सम्पर्क समन्वय कमिटीका संयोजक श्याम कुमार बस्नेत लगायतका नेताहरू हुनुहन्थ्यो ।

आठ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम पुरस्कार रु ३०,०००/-, द्वितीय पुरस्कार रु २५,०००/-, तृतीय पुरस्कार रु  २०,०००/- र सान्त्वना पुरस्कार रु १०,०००/- रहेको थियो ।

प्रतियोगितामा सर्बाधिक गोलकर्ता मधेश प्रदेश सम्पर्क कमिटीकी मञ्जु डाेल्मा थिङ, उत्कृष्ट खेलाडी बागमती प्रदेश सम्पर्ककी मनिषा थापा मगर र उत्कृष्ट गोलरक्षक कर्णाली सम्पर्क कमिटीकी इशारा शाहीले उपाधी प्राप्त गर्नु भएको थियो ।

प्रतियोगितामा आयोजक सम्पर्क समन्वय कमिटीको टिम, बागमती प्रदेश सम्पर्क कमिटीको टिम, मधेश प्र्रदेश सम्पर्क कमिटीको टिम, कर्णाली प्रदेश सम्पर्क कमिटीको टिम, गण्डकी प्रदेश सम्पर्क कमिटीको टिम, लुम्बिनी प्रदेश सम्पर्क कमिटीको टिम, केशी प्रदेश सम्पर्क कमिटीको टिम र सुदुरपश्चिम सम्पर्क कमिटीको टिम बिच प्रतिष्पर्धा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्