स्वास्थ्य

दार्चुल्लामा जीव दुर्घटना हुदा चालकको मृत्यु,घाइतेको उपचार हुदैँ

२२ फाल्गुन २०८१, बिहीबार १२:१३

हिमालय प्रेस
बिहिवार, फाल्गुन २२दार्चुल्लामा जीव दुर्घटना भइ घाइते भएका चालकको मृत्यु भएको छ । बुधबार दिउसो ४ बजे दुर्घटना भएको हो ।

जिल्लाको महाकालि नगरपालिका बडा नम्बर २ का २५ वर्षिया जीव चालक महेस भुलको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दार्चुल्लाका प्रहरी निरीक्षक तथा सुचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिएका छन् ।

घाइते भुलको जिल्ला अस्पताल दार्चुल्लामा उपचारका क्रममा मृत्यु भएको हो । अन्य दुइ जना घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्