हिमालय प्रेस
बिहिवार, फाल्गुन २२
अस्तपतालमा बिरामिको चाप वृद्धि हुदै गइरहेको छ तर उपचारमा ढिलाई भएको विरामिका कुरुवाको भनाई रहेको छ ।
विभिन्न उपचारको लागी अस्पताल धाउने गर्छन बिरामि तर समयमा उपचार नपाउदा कतिपय बिरामिको ज्यान गएको छ भने कतिपय विरामि मृत्युको जोखिममा रहेका छन् । अधिकाँस सरकारी अस्पतालमा न्यून शुल्कमा विरामिको उपचार गरेता पनि बिरामिले समयमा उपचार पाईरहेका छैनन ।यसले गर्दा बिरामिलाई थप समस्या परेका विरामिहरुले गुनासो गरेकाछन् ।
निजि अस्पतालमा जान चर्को मुल्यले जान नसकिने सरकारी अस्पतालमा आयो भने उपचार सेवामा ढिला सुस्ति हुन्छ यसैमा हामीलाई ठुलो समस्या परेको विरामि बताउछन् ।काठ्मान्डौका विभिन्न सरकारी अस्पतालमा विरामिको भिड छ तर उपचार ढिलो सुस्ति भइरहेको छ ।
ढिलोसुस्तीमा टाढाबाट आएका बिरामि निकै मारमा परेका छन् । घण्टौ समय लाइन कुर्नुपर्ने अझ रीपोटको लागी दुइदिन तिन दिन कुर्नुपरेको समस्या सरकारी अस्पतालमा रहेको छ ।
यसले गर्दा स्वास्थ्यमा थप असर पर्न जान्छ भन्छन विर अस्पतालका एक बिरामि कुरुवा सामान्य उपचारको लागी पनि हामीले गाँउमा सेवा पाइरहेका छैनौ काठमान्डौमा यस्तो समस्या झेल्नु परेको वताउछन । यसो हुँदा नेपालको स्वास्थ्य क्षेत्रमा अझै नसुध्रिएको विरामिहरुको गुनासो रहेको छ ।