सुरक्षा/अपराध

मानिसहरु यति धेरै गिर्छन कि म को हुँ मेरो काम केहो भन्ने कुरा नै भुलिदिन्छन

२२ फाल्गुन २०८१, बिहीबार १५:१४

हिमालय प्रेस
बिहिवार, फाल्गुन २२
मानिसहरु विभिन्न खाले हुन्छन, कोहि स्वच्छ दिमाख का हुन्छन त कोहि स्वच्छ दिमाख भएकोमा गनिन्छन तर काम गर्न जान्दैनन नियत गलत हुन्छ ।

अव म घटनाको नजिक पुग्दैछु जन्मदिन मनाउने बाहानामा आफ्नै छात्रालाई लिएर चिसापानी पुगेका कैलालीका एक प्रधानाध्यापक कार्वाहीमा परेका छन् ।

जन्म दिन मनाउनु खुसियाली साट्नु राम्रो हो तर कावाहि किन परे प्रधानाध्यापक छात्राहरूमाथि यौन जन्य हिंसा गरेको आरोपमा उनलाई कारबाही गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिमा एक छात्राले यौन जन्य हिंसा गरेको गुनासोसहित निवेदन दिएपछि उनलाई पदबाट हटाइएको छ । के यो नियत ठिक हो त यस्ता गतिबिधि भएका शिक्षक संग किशोरी तथा छात्राले कसरी सुरक्षित महसुस गर्ने यो एउटा लाज मर्दो कुरा हो ।

यौन हिंसा गरेको आरोप लागेका धनीदत्त भट्टलाइ भट्टलाई विद्यालय व्यवस्थापन समितिले माफी नदिने भएका छन् । यस्ता अपराधिलाई संरक्षण गरेर राख्नु भनेको भोलि अर्को घटनाको तयारी हुनुहो कानुन माथि कोहि पनि छैन । यस्ता अपराधि जो कोहि लाई पनि छुट हुने छैन ।

प्रतिक्रिया दिनुहोस्