Flash News

‘सहिदको सम्मानका लागि देश विकासको संकल्प गरौँ’

१६ माघ २०७९, सोमबार १३:२४

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र सहिदहरुको त्याग र बलिदानबाटै सम्भव रहेको बताएका छन्।

सोमवार सहिद दिवसको अवसरमा लेनचौरस्थित सहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सहिदहरुले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहने बताए । उनले देशको र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने सहिदहरु अमर र अजर रहने बताए।

उनले राष्ट्र, जनताको प्रगति र सेवामा समर्पित हुनको लागि सहिदहरु प्रेरणाको श्रोत भएको बताए । उनले माघ १६ गतेलाई फगत स्मरण र औपचारिक समारोहमा मात्रै सिमित नभइ सहिदहरुको सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगतिका लागि सबै एक हुनुपर्ने बताए । आजको दिन सहिदहरुको सम्मानका लागि सबैले देश विकासका लागि संकल्प गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्