कला/मनोरञ्जन

बसन्तपुरमा होलीको लागी तयारी गरिदै

२३ फाल्गुन २०८१, शुक्रबार ११:१७

हिमामलय प्रेस
शुक्रबार, २३ फागुन
काठमाण्डौको बसन्तपुरमा होलीको लागी पुर्ण तयारी गरेको छ । फाल्गुन २९ गते परेको यसपालिको होलीको लागी यहाँका स्थानीयले रंगिचंगि बनाएका छन ।
बसन्तपुरमा विहानै देखि फरकफरक रंगका कपडाको ध्वजापतका बनाई तिन खण्डे चिर उठाइएको छ ।

चिर ठड्याए संगै काठ्माण्डौ लगायत विभिन्न ठाँउमा हालीको सुरुवात भएको मान्ने चलन रहि आएको छ । यहाँका विभिन्न ठाँउमा होलीको उत्तिकै महत्व र कार्यक्रमहरु हुने गर्दछन भने बसन्तपुरमा विषेश किसिमको होलीको कार्यक्रम गर्ने गरेका छन ।

होलीको दिनमा बसन्तपुरमा मानिसको भिड हुने गर्दछ जसमा विभिन्न किसिमको रंगहरु दलेर नाचगान गरेर यो पर्वलाई उत्साहित तरिकाले मनाउने गरेको पाइन्छ ।
पौराणिककाल देखि रहि आएका यो होली पर्वको विषेश महत्व रहेको छ । अहिले शहरमा मात्र नभइ बिभिन्न्न ग्रामिण क्षेत्रमा समेत कार्यक्रमको
आयोजना गरि रंगरोधनका साथै मनाउने चलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्