समाज

वडाको काममा अवरोध हुँदा पार्टी कार्यकर्ताले नै तालाबन्दी गर्यो ।

२३ फाल्गुन २०८१, शुक्रबार ११:५०

हिमामलय प्रेस
शुक्रबार, २३ फागुन
बाजुराको बुढीगंगा नगरपालिकाको एक वडामा पार्टीका कार्यकर्ताले नै तालावन्दी गरेका छन् ।

वडामा काम अवरोध भयो, स्थानीयले सेवासुविधा पाउनबाट वन्देज भएको भन्दै बढीगंगा नगरपालिका वडा न.७ को कार्यलयमा तालावन्दी गरेका हुन ।

लामो समयदेखि वडाकार्यलयमा वडा सचिव, पञ्जिकाअधिकारी र प्राविधिक नभएको भन्दै नेपाली काँग्रस, नेकपा एमाले, माओवादि केन्द्र र समाजवादि पार्टीका कार्यकर्ताले नै तालावन्दी गरेको पाइएको छ ।

वडामा कर्मचारी नहुँदा स्थानीयलाई परेको असरलाई मध्यनजर गरि छिटो कर्मचारीको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्