समाज

भन्सारमा शसत्रका इनिस्पेक्टरले काँसको थालीमा खाने हैसियत छैन भन्दै थाली वरामद गरेपछि मजदुर रुदैँ मिडियामा

२३ फाल्गुन २०८१, शुक्रबार १३:१०

हिमामलय प्रेस
शुक्रबार, २३ फागुन
कञ्चनपुर जिल्लाको भन्सारमा भारतबाट आएका बाजुराका लेवरी काम गर्ने व्यक्तिको भाँडाकुडा थुत्दै शसस्त्रका इनिस्पेक्टरले काँसमा खाना खाने हैसियत छैन भनेपछि लफडा भएको छ ।

बाजुरा जिल्लाका लेवरीकाम गर्न भारत गएका मजदुरहरुको सामान जफत गरेपछि मजदुरी हरु कामगरि गलेका ठेला उठेका हात देखाउदै रुदै मिडियामा आएका छन् । थोरै मुल्यमा भारतमा काम गरी फर्केका कामदारले घरमा चाहिने केहि भाँडाकुडा बोकेर आएका थिए ।

उहाँहरुले आफ्नो सामान जफद भएको र अनेक थरी गाली औकात र हैसियत को कुरागरेको  भन्दै मिडियामा खनिएका हुन । दिनौ लाखौँको सामान भन्सार छलि आएको छुट गर्ने र मजदुरीले ल्याएको सम्पुर्ण सामान जफत भएको छ । एक पत्रकार आलोक जँग साउदले उनको दुखेसो सुनेको छ ।

मजदुरहरुको साहारा वन्दै भन्सारमा पुगेका उनले शसस्त्र प्रहरी इनिस्पेक्टर दिल बहादुर नेपालीले औकात र हैसियतको कुरागरेको भन्दै आपत्ति जनाएका छन् ।

नौ दश जनाको समुहले भारतबाट घर्याँयसि प्रयोगका लागी ल्याएका सामान बरामदगरेपछि उमेरले ६० कटेका बुढा मजदुरहरु हातको ठेला देखाउदै आँसु पुछ्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ अन्ततः मिडिया मार्फत आफुले बोलेको अपशब्द र आफ्नो ज्यादति प्रति बाजुराका स्थानीय मजदुरीसंग इनिस्पेक्टरले माफि मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्