हिमालय प्रेस
शनिवार । २४ गते
अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कार्यक्रम गरीरहँदा पुरुषको सहभागीता कम देखे पछि बडिमालिका नगरपालिकाकि उपप्रमुख नन्दा थापाले महिलाको मात्र होकि भन्ने मशुस भएको बताएकि छन् ।
बडिमालिका नगरपालिकाको आयोजनामा गरिएको कार्यक्रममा महिलाले मात्र उपस्थित भएको देख्दा कतै समानता नभएको होकि पुरुषको सहभागितापनि उत्तिकै जरुरी हुन्छ तर कहिलाले मात्र उपस्थिति हुने कार्यक्रम बुझेको जस्तो लाग्यो , यो पक्कैपनि राम्रो होइन यस्ता कायएधmममा महिलाको कुरा पुसरुषले पनि बुझ्नु पर्छ सुन्नु पर्छ भनेकि छन् ।
११५ औँ अन्तराष्ट्रि महिला दिवसको कार्यक्रममा पुरुषको पनि उत्तिकै सहभागिता हुनुपर्नेमा जोड दिएकिछन् । प्रत्यक वर्षमा भव्यताका साथ मनाउने नारी दिवस यो वेलापनि मार्तर्डिको खुलामञ्चमा विभिन्न देउडा तथा सास्कृतिक कार्यक्रम गरि मनाइएको छ । महिला दिवसमा मात्र नभई महिलाले अन्य दिनमा पनि उत्तिकै खुसियालि छाउनु पर्छ पुरुष र महिलालाई जुनसुकै ठाँउमा पनि समान व्यवहार गरेको हुनुपर्छ ।
सहभागिताको कुरामा पनि महिलाई तोकेको कोटामा पुरा गर्नुपर्नेमा जोड दिएकि छन् । महिलाको सहभागिताले मात्र हुदैँन पसरुषहरुले पनि साथ दिनु पर्नेमा जोड दिएकि छन ।
साथै कार्यक्रममा राजनितिक दल वडा कमिटिका महिलाहरुको उपस्थिति रहेको छ । महिला दिवस नेपाल भरी नै विभिन्न कार्यक्रम गरी मनाउने गरीएकबो छ ।