स्वास्थ्य

बझाङको तलकोट गाउँपालिकामा ६ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

२५ फाल्गुन २०८१, आईतवार १६:५९

हिमालय प्रेस
फाल्गुन २५ आइतबार
बझाङको तलकोट गाउँपालिका वडा नम्बर ६ मा दुई दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, बझाङको आयोजनामा मेलचौरमा सञ्चालन गरिएको शिविरमा सयौं सर्वसाधारणले सेवा लिएका छन्।

शिविरमा आयुर्वेद चिकित्सकहरू सहितको टोलीले विभिन्न रोगहरूको उपचार तथा निःशुल्क औषधि वितरण गरेको थियो। हाडजोर्नी दुखाइ, वातरोग, युरिक एसिड, नसासम्बन्धी रोग, कम्मर दुखाइ, मधुमेह, रक्तचाप, पाचन समस्या, छाला रोग, स्त्रीरोग र मानसिक तनावजस्ता समस्याका बिरामीहरु लाभान्वित भएका छन्।

“शिविरमा २१३ जना पुरुष र २३६ जना महिला गरी ४४९ जनाले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख मिनराज पुरीले बताउनु भयो ।उहाले स्थानीय स्तरमा पाइने सबै बोटबिरुवा लाई औसधिका रुपमा लिन हुने पनि सुझाब दिनु भयो।

शिबिरको उद्घाटन गर्दै तलकोट गाउपालिका उपाध्यक्ष पार्भति कुवर भण्डारीले सबै गाउपालिका बासिलाइ आयुर्वेददिक सेवा लिन सुझाब दिनु भयो ।
यस्तै तलकोट गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत यादब भट्टराईले पनि आयुर्वेद उपचार सेवा भर पर्दो उपचार सेवा भएको र यसले शरिरमा कुनै अशर नपर्ने बताउनु भयो ।

दुई दिन सम्म सन्चालन भएको शिबिरमा बाथरोग, अम्लपित्त, रक्तचाप, स्त्रीरोग र छाला सम्बन्धि रोगका बिरामीहरू बढी देखिएका छन्।“
शिविर गाउँमै आएपछि स्वास्थ्य समस्या भएका स्थानीयहरु खुसी भएका छन्।

“गाउँमै निःशुल्क उपचार पाइने भएकाले धेरै सहज भएको र नियमित रूपमा यस्तो सेवा पाए अझ राम्रो हुने उनिहरुको भनाइ रहेको छ ।
निःशुल्क स्वास्थ्य शिविरबाट ग्रामीण भेगका नागरिक लाभान्वित हुने भएकाले यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिनुपर्ने स्थानीयहरूको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्