हिमालय प्रेस
फाल्गुन २६ सोमबार
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने एक जना गम्विर घाइते भएका छन् ।
खप्तड छेडेदह गाउँपालिका–५ चिराल्नामा डोगडीबाट बुढीगंगा नगरपालिका तर्फ आउँदै गरेको भे २ त १५८८ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक बुढीगंगा नगरपालिका–४ खोलालवाडाका ३२ वर्षीय पदम रावतको मृत्यु भएको छ ।
त्यस्तै घाइते हुनेमा उनका १२ बर्षिया छोरा रहेका छन् । घाइते बालकको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
ट्याक्टर ओरालो सडकमा अचानक अनियन्त्रित भई सडकबाट खसेको जनाइएको छ ।
आरालोमा खसेको ट्याक्टरको अगाडिको इन्जिनको भाग करिब २ सय ५० मिटर तल खसेको छ । भने ट्रली ५० मिटर तल खसेरको छ ।