सुरक्षा/अपराध

बाजुरामा घरेलू हिंसाका उजुरी प्रहरी कार्यालयमा दिए पनि, मिलापत्रबाटै समाधान ।

२७ फाल्गुन २०८१, मंगलवार १७:२१

हिमालय खबर
फाल्गुन २७, मङ्लबार
बाजुरामा घरेलू हिंसाका उजुरी प्रहरी कार्यालयमा दिए पनि, मिलापत्रबाटै समाधान गर्ने गरेका छन् । धेरैजसो घरेलू हिंसाका उजुरी मिलापत्रबाटै समाधान हुने गरेको पाइएको छ ।

घरेलू हिंसाबाट पीडित भएको भन्दै महिलाहरुले प्रहरी कार्यालयमा उजुरी दिए पनि पछि मिलापत्रबाटै समाधान हुने गरेको पाइएको हो ।जिल्ला प्रहरी कार्यालय बाजुराको तथ्यांक अनुसार गत आर्थिक बर्षमा २७ वटा घरेलू हिंसाका उजुरी परेका थिए ।

ती मध्ये १९ वटा मुद्धा मिलापत्रबाटै समाधान गरिएको छ भने ८ वटा सम्बन्धित निकाय (न्यायिक समिति) मा गएको तथ्याकंमा देखीएको छ ।
त्यसैगरी घरमा विशेषतः महिलाहरुलाई खानबस्न नदिएको, गालीगलौज, कुटपिट गरेको, घरायसी झगडा लगायतका हिंसा तथा दुव्र्यवहार गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी दिए पनि पछि मिलापत्रबाटै छिनोफानो हुने गरेको पाईन्छ ।

पीडितहरु अदालतसम्म जान नचाहने, भौगोलिक विकटताले झन्झट मान्ने र कानुनी प्रक्रियामा गएपनि पछि सोही घरमा फर्केर आउनुपर्ने बाध्यता लगायतका कारणले धेरै मुद्धा दर्ता नहुने गरेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्