Flash News

नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा निरौला विजयी

५ चैत्र २०७९, आईतवार ०३:१८

काठमाडौँ। नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा मोहन निरौला विजयी भएका छन्।

शनिबार सम्पन्न सङ्घको १९औँ महाधिवेशनमा निरौलाले प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतले पछि पार्दै विजयी हासिल गरेका हुन्।

कुल खसेको ४६८ मत मध्ये मोहनले २३५ मत पाउँदा उप्रेतीले २०९ प्राप्त गरिन्। त्यस्तै उपाध्यक्षमा कविता गेलाल र शिवहरि वैरागी विजयी हुँदा महासचिव सविन श्रेष्ठ र सचिवमा रामेश्वर बुर्लाकोटी चुनिएका छन्। त्यसैगरि कोषाध्यक्षमा सुनिल कटुवाल विजयी हुँदा सह–कोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छन्।

१० जना सदस्यहरूमा शीतल केसी, गोपाल ढकाल ‘छन्दे’, उद्धव प्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, खुम्बु खड्का, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस्