समाज

पारस रावल द्धारा वेसाहारा परिवारलाई आर्थिक सहयोग प्रदान

६ चैत्र २०८१, बिहीबार १५:५०

७ चैत्र २०८१, बिहिबार
सन्तोषी रावल,
पारस रावलले वेसाहारा बनेका परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।
समाजसेवी पारस रावलले वुढिगंगा नगरपालिका स्थित वेसाहारा बनेका परिवारलाई १०,हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन ्।

पारस रावलको समन्वय तथा राष्ट्रि«य खेलकुद परिषदका सदश्य तथा समाजसेवि एकेन्द्र कुँवरको सहयोगमा आर्थिक सहयोग गरेको हो । वेसाहाराका परिवारहरूको जीवनमा केही हदसम्म राहत पुर्याउने आशा गरिएको एकेन्द्र कुँवर वताउछन् ।

सानो सहयोगले ति परिवारलाई केहि हद सम्म भएनि सहायता हुने आसामा बुधवार उनको घरमै पुगेर आर्थिक सहयोग गरेको छ ।
पारस रावलले उक्त रकम ती परिवारहरूलाई वितरण गर्ने क्रममा भने, “समाजको आर्थिक अवस्था सुधार गर्नका लागि हामी सबैको योगदान महत्त्वपूर्ण छ । म आशा गर्छु कि मेरो सानो योगदानले यी परिवारहरूको दैनिकीमा केहि हद सम्म सहायता हुने छ ।

वुढिगंगा नगरपालिका वडा न. ९ सेरालवाडाका ८ वर्षका प्रतिक सेराला उनकि जुम्ल्याहा दुई बहिको साहारा वनिरहेकि वुढि वजैको घरमा नै गएर आर्थिक सहयोग गरेको पारस रावलले बताएका छन् ।


यस अवसरमा, वुढिगंगा नगरपालिकाका स्थानीयले भने, “पारस रावलजस्ता समाजसेवी व्यक्तिहरूले हाम्रो समुदायको लागि ठूलो योगदान पुर्याएका छन ्। यस्ता सहयोगले समाजलाई एकजुट र मजबुत बनाउँछ ।“

यस आर्थिक सहयोगले वेसाहाराका परिवारलाई केही समयको लागि आवश्यक सामाग्री र जीवनयापनको खर्च जुटाउन मद्दत पुर्याउनेछ । रावल सानै उमेर देखिनै समाजमा केहि योगदान गर्ने प्रयत्नमा अघि वढिरहेका छन् । वेसाहाराको साहारा बन्दै दुख विसाउने चौतारी वनिरहेका पारस रावलले भविष्यमा पनि यस्ता गतिविधिहरूलाई निरन्तरता दिने आफ्नो योजना रहेको जनाएका छन ्। पारस रावलको यो कार्यले समाजमा सकारात्मक सन्देश पुर्याएको छ र यसले अरूलाई पनि यस्ता सहयोगका कार्यमा प्रेरित गर्ने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्