राजनीनिती

एमाले सम्पर्क समन्वय कमिटीको बैठक सम्पन्न

८ चैत्र २०८१, शनिबार १२:२०

 

काठमाडौं । नेकपा एमाले सम्पर्क समन्वय कमिटीको १६ औं बैठक नेकपा एमाले सम्पर्क समन्वय कमिटीका ईन्चार्ज तथा स्थायी कमिटी सदस्य लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा कोशी प्रदेश सम्पर्क कमिटीको कार्यालय, च्यासल, लसलितपुरमा सम्पन्न भएकोछ ।

बैठकमा नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य सरस्वती बस्नेत, नरेन्द्र श्रेष्ठ, इन्द्र भण्डारी, कल्पना थापा, निर्बाचन आयोगका सदस्य कृष्ण आङ्दम्बेको आतिथयमा सम्पन्न भएकोछ ।


बैठक नेकपाा एमाले सम्पर्क समन्वय कमिटीका संयोजक श्यामकुमार बस्नेतको अध्यक्षतामा र सचिव आरसी लामिछानेको संचालनमा सम्पन्न भएकोछ ।

बैठकमा इन्चार्ज लालबाबु पण्डितले निर्देशात्मक भनाई राख्नु भएकोछ भने संयोजक श्यामकुमार बस्नेतले बैठकका प्रस्तावहरु राख्नु भएको थियो ।

बैठकले जरा केन्द्रित अभियान, पार्टी सदस्यता नबिकरण र बिस्तार, सम्पर्क युवा फोर्स, आर्थिक बिषय, आइटी समुह निर्माण लगायत बिषयमा छलफल गरी निर्णय गरिएकोछ ।

बैठकले समन्वय कमिटीका संयोजक श्याम कुमार बस्नेतको संयोजकत्वमा आईटी समुह र सचिव आरसी लामिछानेको संयोजकत्वमा सम्पर्क फोर्स गठन गरेकोछ ।

प्रतिक्रिया दिनुहोस्