Flash News

लाओस नेपालसँग २-० गोलले पराजित

८ चैत्र २०७९, बुधबार १४:१९

काठमाडौँ। प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत दशरथ रंगशालामा जारी लाओससँगको खेलमा नेपालले २-० को अग्रता लिएको छ ।

३१ औं मिनेटमा नवीन लामाको कर्नरमा अनन्त तामाङले गोललाइनबाट सानदार हेडरमार्फत गोल गरेका हुन् ।

यस्तै ५६ औं मिनेटमा नवयुग श्रेष्ठले ३५ यार्ड टाढाबाट हाफ भलीमा सानदार अर्को गोल गरेर नेपालको अग्रता २-० बनाए ।

नवुयुगले राष्ट्रिय टिमबाट आठौं अन्तर्राष्ट्रिय गोल गरेका हुन् भने दुइ वर्षयता पहिलो गोल गरेका हुन् । सन् २०२१ मा विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेइसँगको खेलमा उनले गोल गरेका थिए।

नेपाली राष्ट्रिय टिमबाट सनिस श्रेष्ठले डेब्यु गरेका छन् ।

सशस्त्र प्रहरीको एपीएफ क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका सनिसले राष्ट्रिय टिममा परेपछिको पहिलो खेलमै डेब्युको मौका पाएका हुन् ।

नेपालका नयाँ प्रशिक्षक भिन्सेन्ट अल्बर्टो एनेसले अञ्जन विष्टलाई बेन्चमा राखेका छन् भने भरत खवासलाई पनि पहिलो रोजाइमा नै मैदान उतारेका छन् ।

नेपालको प्लेइङ ११ः किरण चेम्जोङ (कप्तान), रोहित चन्द, भरत खवास, अनन्त तामाङ, नविन लामा, एरिक विष्ट, पुजन उपरकोटी, नवयुग श्रेष्ठ, आयुष घलान, सनिस श्रेष्ठ र विकास खवास।

प्रतिक्रिया दिनुहोस्