सुरक्षा/अपराध

बाजुरामा एक घर र पसलमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ।

१२ चैत्र २०८१, बुधबार १२:१९

सन्तोषी रावल ।
बाजुरा जिल्लाको पूर्वीउत्तरी भागका दुई स्थानमा आगलागीको घटना भएको हो। जगन्नाथ गाउँपालिका वडा नं।  १ पिलुचौरमा स्थानीय जगन्नाथ विष्टको तीन तले कच्ची घरमा आगो लागेको थियो।

आगो विद्युतको तार सट भएर लागेको थियो जसले घरका सामग्रीहरू जस्तै लत्ताकपडा, भाँडाकुडा, खाद्यान्न आदि जलेर नष्ट भए ।

यस आगलागीमा मानवीय र पशुचौपायको कुनै क्षति भने भएको छैन ।

आगो प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ ।
त्यस्तै, मंगलवार दिउँसो कोल्टी बजारमा रहेका राजेन्द्र केसीको पसलमा पनि आगलागी भएको छ।

विद्युतको तार सट भएर पसलको गोदाममा आगो लागेको थियो। यस आगलागीबाट अन्दाजी ९ लाख रुपैयाँ बराबरको क्षति भएको छ । पसलको आगो पनि स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्