खेलकुद

रोनाल्डो र केनको कीर्तिमान

१० चैत्र २०७९, शुक्रबार ०१:४८

पेरिस। युरोपेली च्याम्पियनसिप छनोटमा बिहीबार पोर्चुगलले लेचेस्टाइनलाई ४–० ले हराएको छ र त्यसमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका छन्।

यसै खेलका त्रममा रोनाल्डोले आफ्नो देशका लागि सर्वाधिक खेल खेलेको र गोलको कीर्तिमान बनाएका छन्  पोर्चुगलका लागि ३८ वर्षीय रोनाल्डोले कीर्तिमान १ सय ९७औं खेलमा १ सय २०औं गोल गरे। अर्को खेलमा दस खेलाडीमा सीमित इंग्ल्यान्डले इटालीलाई २–१ ले हरायो र त्यसमा ह्यारी केनको नाममा कीर्तिमान बन्यो। उनी इंग्ल्यान्डका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने।

केनले ४४औं मिनेटमा पेनाल्टीबाट गोल गरे र यो उनको इंग्ल्यान्डका लागि ५४ औं रह्यो। यस क्रममा उनले वायन रोनीलाई उछिनेका हुन्।

प्रतिक्रिया दिनुहोस्