हिमालय प्रेस
नेकपा एमाले स्थायी कमिटी सदस्य भीम आर्चायले बसाँई सराइ कम गर्न ब्यबस्थित शहरी नीति बनाउनुपर्नेमा जोड दिनुभएको छ। उहाँले नेकपा एमाले कोशी प्रदेश कमिटी शहरी विकास विभागले इटहरीमा आयोजना गरेको कार्यक्रममा ब्यबस्थित शहरका कारण राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न सक्ने बताउनुभयो।
कार्यक्रममा सुनसरी ३ की प्रतिनिधि सभा सदस्य भगवती चौधरीले “१ शहर, १ पहिचान“ निर्माण गर्नुपर्ने आवश्यकता व्यक्त गर्नुभयो। कोशी प्रदेशको शहरी विकासका लागि लिनुपर्ने नीति र कार्यहरूबारे शहरी विकास विभागका सदस्य सुनिल नेपालले कार्यपत्र प्रस्तुत गर्नुभयो। यस कार्यपत्र माथि विषयवस्तु विशेषज्ञहरू गणेश दाहाल, लिलाराज भटटराई, लेखनाथ घिमिरे, शालिग्राम ढकाल र मानध्वज मोक्तानले टिप्पणी गर्नुभयो।
इटहरीका जनप्रतिनिधिहरू प्रभात आर्चाय, भुवन पोखरेल र दीपक पोखरेलले सुझाव प्रस्तुत गर्नुभयो। शहरको वृद्धि हुँदै गर्दा ब्यबस्थित नगरीकरणका चुनौतीहरूलाई मध्यनजर गर्दै यस्ता छलफलहरू महत्त्वपूर्ण रहेको नेकपा एमाले कोशी प्रदेश कमिटी शहरी विकास विभाग प्रमुख लोकेश निरौलाले बताउनुभयो। उहाँले यस्तै कार्यक्रम हालै बिराटनगरमा पनि आयोजना गरिएको जानकारी दिनुभयो।
कार्यक्रमको स्वागत मन्तव्य शहरी विकास विभागका सचिव सागर थापाले प्रस्तुत गर्नुभयो भने, कार्यक्रमको संचालन उपप्रमुख सुशिला पहाडीले गर्नुभएको थियो।