खेलकुद

लुकाकुको ह्याट्रिकमा बेल्जियम विजयी

११ चैत्र २०७९, शनिबार ०६:५१

काठमाडौँ। रोमेलु लुकाकुको ह्याट्रिकमा बेल्जियमले युरो २०२४ को छनोटमा उत्कृष्ट सुरुवात गरेको छ।

समूह बी को खेलमा रोमेलु लुकाकुको ह्याट्रिकमा बेल्जियमले स्वीडेनलाई ३-० ले हरायो। लुकाकुले खेलको ३५औं, ४९औं र ८२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।

यस जितपछि बेल्जियमका नयाँ प्रशिक्षक डोमेनिको टेडेस्कोले पनि जितबाट सुरुवात गरेका छन्। समूह एफमा बेल्जियम ३ अंक जोडेर दोस्रो स्थानमा छ। अजरवैजानलाई ४-१ ले पारजित गरेको अष्ट्रिया यस समूह्यको शीर्ष स्थानमा छ।

यसै खेलबाट स्वीडेनका भेट्रान फरवार्ड ज्लाटान इब्राहिमोभिचले पनि अन्तर्राष्ट्रिय खेलमा पुनरागमन गरेका छन्। ४१ वर्षीय इब्राहिमोभिचले अन्तिम १७ मिनेट मैदानमा बिताए।

इब्राहिमोभचिले ४१ वर्ष ५ महिना २१ दिन हुँदा बेल्जियमविरुद्ध खेलेका हुन्। युरो छनोट खेल्ने सबैभन्दा पाका खेलाडी भने जिब्राल्टरका लि काससियारो बने। उनले ग्रीसविरुद्ध शुक्रबार खेल्दा इब्राहिमोभिचभन्दा ४ दिनले पाका थिए।

प्रतिक्रिया दिनुहोस्