कला/मनोरञ्जन

‘पिपलसँगै बर’ बोलको गीत बजारमा

११ चैत्र २०७९, शनिबार ०६:५९

काठमाडौँ। लोकप्रिय गायिका बन्दना पाण्डेको सुमधुर स्वरमा ‘पिपलसँगै बर’ बोलको गीत बजारमा आएको छ।

पाण्डेकै शब्द/संगीत र स्वरमा रहेको उक्त गीत शुक्रबार बन्दना पाण्डे युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो। गायिका पाण्डेको स्वरमा रहेको गीतमा प्रेम कहानीलाई मुल विषय बनाइएको छ।

जिन्दगीमा न त जुग बिताउने प्रेम गर्न सकियो, न त घरबार गतिलोगरी चल्न सक्यो, बालपनामा खेलेका ठाउँहरूको स्मरण गरिएका शब्दहरू समावेश छन्। मिराज अर्यालले गीतका दृश्यहरू खिचेका हुन्।

उनले नै गीतको म्युजिक भिडियोको सम्पादन गरेका छन्। यसभन्दा पहिले गायिका पाण्डेको ‘गुल्मेली हुम तर’ बोलको गीत चर्चामा रहेको थियो।

भिडियो हेर्नुहोस्…

प्रतिक्रिया दिनुहोस्