समाज

शुशिला खडका – दुर्गम समाजको उज्यालो अनुहार

९ बैशाख २०८२, मंगलवार ११:२९

हिमालय प्रेस ।  सुदूरपश्चिम नेपालको एउटा पहाडी जिल्ला अछाममा जन्मिएकी शुशिला खडका सामाजिक सेवा र मानवीय संवेदनाको उज्यालो प्रतीक बनेकी छन्। व्यवसाय, पद, ओहोदा भन्दा माथि मान्छेको कर्म हुने विश्वासमा अडिग रहेकी उनी, समाजसेवाको बलियो आधार बनाउँदै देशका विकट भूगोलमा अहोरात्र खटिरहेकी छन ।

समाजसेवा गर्ने सुनौलो सपना बोकेर अघि बढेकी शुशिला आज एक प्रेरणादायी पात्रको रूपमा उभिएकी छन् । दुर्गम गाउँहरूमा राहत लिएर पुग्ने, बेसहारा र रोगीहरूको सेवा गर्न घण्टौं पैदल हिँड्ने उनको यो यात्राले हजारौंको मन छुएको छ । उनलाई थकाई लाग्दैन, किनभने भित्रैदेखि एउटा कोमल मनले गरीब, विपन्न, असहायको पक्षमा केही गर्नुपर्छ भन्ने हुट्हुटी लिएको छ ।

शुशिलाको समाजसेवाको मार्ग केवल सहयोग वितरणमा सीमित छैन, उनी जनताको समस्यालाई बुझेर समाधानको खोजीमा अग्रसर भइरहेकी छन ्। स्वास्थ्य, शिक्षा, महिला सशक्तिकरण, र विपद् व्यवस्थापन लगायतका थुप्रै सामाजिक मुद्दामा उनी निष्ठा र प्रतिबद्धताका साथ क्रियाशील छिन् ।
उनी विश्वास गर्छिन् – “पद वा पैसा भन्दा ठूलो कुरा हो कर्म ।“ र यही कर्मले उनलाई समाजमा फरक ढंगले चिनाएको छ । धेरैले उनको कारणले आश्रय, उपचार र राहत पाएका छन् । उनीजस्तै कर्मशील व्यक्तिहरूले नै देशलाई सकारात्मक दिशातर्फ अघि बढाउँछन् ।

शुशिला खडका आज पनि समाजको सेवा गर्न, मानवीय मूल्य र आत्मिक सन्तोषको खोजीमा, हिजोझैँ सडकमै, बस्तीमै, पीडितसँगै छन् । उनी भन्छिन्, “सामाजिक परिवर्तनको शुरुवात आफ्नै पाइला र मनबाट हुन्छ ।“ यही सोचले उनलाई अझ अघि बढ्न प्रेरणा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्