क्राइम

भए दुई जना प्रहरी निलम्बन, कैलालीबाट हतकडीसहित भागेकी थुनुवा महिला परीन भारतमा पक्राउ,

१६ बैशाख २०८२, मंगलवार ०८:०५

धनगढी । कैलाली बाट हतगडिपहित भागेकि थुनुवा महिला भारतमा पक्राउ परेकि छन् ।

मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिबार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी ५० वर्षीय मिना शाही दमाईलाई भारतको पलियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक९एसपी० पदमबहादुर विष्टले दमाईलाई पलियाबाट पक्राउ गरिएको पुष्टि गरे ।उनकाअनुसार दमाईलाई पलियामा लुकेको अवस्थामा पक्राउ गरिएको हो ।

मानव बेचबिखन मुद्दामा पक्राउ परेकी दमाईलाई म्याद थपका सरकारी वकिलको कार्यालय लगेका बेला भागेकी थिइन् ।हतकडीसहित थुनुवा भागेको घटनामा दुई जना प्रहरीलाई कारवाही गरिएको छ ।

दमाईलाई म्याद थपका लागि लगेका प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको एसपी विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्