Flash News

एसीसी प्रिमियर कप: नेपालको प्रारम्भिक टोली घोषणा

१५ चैत्र २०७९, बुधबार ०५:२२

काठमाडौँ। नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ।

नेपाल क्रिकेट संघ क्यानले बुधबार २१ सदस्यीय प्रारा्भिक टोली घोषणा गरेको हो। जसमा यू-१९ राष्ट्रिय टिमका कप्तान देव खनालसमेत छन्।

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललितराज बंशी, सन्दीप जोरा, श्याम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउँद, सूर्य तामाङ, किशोर महतो र देव खनाल रहेका छन्।

टोलीमा नेपालले पछिल्लो समय लिग टु खेलेका सबै खेलाडीहरु समावेश छन्। १० राष्ट्र सम्मिलित प्रिमियर कप अप्रिल १८ देखि मे १ सम्म हुनेछ।

समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन्। समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन्। दुवै समूहमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल पुग्ने छन्। विजेता टोली एसिया कपका लागि छनोट हुनेछ।

प्रतिक्रिया दिनुहोस्