मधेश प्रदेश

नेपाल बुद्धिजीवी परिषद मधेस प्रदेश अध्यक्षमा रासबिहारी यादव चयन

२८ बैशाख २०८२, आईतवार १०:२५

महोत्तरी, २८ बैशाख। नेकपा एमालेको भातृ संगठन नेपाल बुद्धिजीवी परिषद मदेश प्रदेश अध्यक्षमा रास बिहारी यादव चयनका छन्।

 

नेकपा एमालेको बरिष्ठ  उपाध्यक्ष तथा पुर्व रक्षा मन्त्रि ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा शनिवार जलेश्वरमा सम्पन्न बुद्धिजीवी परिषद प्रदेशको दोस्रो अधिवेसनले रास बिहारी यादवको अध्यक्षतामा १७ सदस्सीय प्रदेश कमिटी गठन गरेको हो।

 

निवर्तमान प्रदेश अध्यक्ष शम्भुप्रसाद गुप्ताको सभापतित्वमा भएको अधिवेशनले परिषदको उपाध्यक्षमा डाक्टर अख्तर आलम अन्सारी, सचिवमा सुनिलकुमार झा, सहसचिवमा महादेव राउत, कोषाध्यक्षमा धिरज साह लगायत १७ सदस्यीय नेपाल बुद्धिजीवी परिषद मधेश प्रदेश समिति सर्वसम्मतिले गठन गरिएको रौतहट अध्यक्ष अनिलकुमार झाले न्युज कारखानालाई बताए ।

भव्यताका साथ सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेको बरिष्ठ  उपाध्यक्ष तथा पुर्व रक्षामन्त्री पोखरेल, नेपाल बुद्धिजीवी परिषद केन्द्रिय अध्यक्ष डाक्टर दिनेशचन्द्र देवकोटा, केन्द्रीय उपाध्यक्ष डाक्टर बिधान आचार्य, डाक्टर कमानंद देव, केन्द्रिय सचिव एव मधेश प्रदेश इन्चार्ज डाक्टर अर्जुनकुमार सिंह, नेकपा एमाले महोत्तरी इन्चार्ज रामदयाल मण्डल, नेकपा एमाले मधेश प्रदेश  अध्यक्ष चन्देश्वर मण्डल,  नेकपा एमाले धनुषा अध्यक्ष राजकिशोर यादवलगायत दर्जनौ नेता तथा बुद्धिजीवीहरुले आ–आफ्नो धारणा व्यक्त गर्दै शुभकामना मन्तब्य राखेका थिए ।

 

सो अधिवेषनमा परिषद तथा एमालेका ८ वटै जिल्लाबाट ठुलो संख्यामा उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्