खेलकुद

बोर्ड बैठकका लागि क्रिकेट संघका पदाधिकारी पोखरामा

१७ माघ २०७९, मंगलवार ०५:३९

पोखरा। नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकका लागि पदाधिकारीहरु पोखरा आइपुगेका छन् ।

बोर्ड बैठक १२ बजेदेखि लेकसाइडस्थित एक होटलमा सुरू हुने क्यानका एक सदस्यले जानकारी दिए। उनका अनुसार आजको बैठकमा क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा, नेपाल टी २० लिग आयोजनाका लागि सेभेन थ्री स्पोर्टससँग भएको सम्झौता तथा टी(२० लिगमा भएको विवाद लगायतबारेमा बैठकमा छलफल हुने छ ।

‘मुख्य एजेन्डा यिनै हुन् । तर, यसबाहेक आजको बैठकमा विभिन्न १०/१२ वटा जति एजेन्डामा छलफल हुने भन्नेछ,’ ती सदस्यले भने । काठमाडौंदेखि पोखरा आएको क्यान पदाधिकारीले मंगलबार बिहान पोखरा रंगशालास्थित क्रिकेट मैदानको अवलोकन पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्