काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीको आयोजनामा कर्णाली प्रदेश सम्पर्क कमिटीको कार्यालय, बागबजार, काठमाडौंमा भर्खरै सगरमाथा आरोहण गर्न सफल भएका मुगु जिल्ला निवासी अक्कल ब. बोहोरालाई एक कार्यक्रमका बिच सम्मानित गरिएको छ ।
सम्मान कार्यक्रम नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य तथा कर्णाली प्रदेश सम्पर्क कमिटी ईन्चार्ज कल्पना थापाको प्रमुख अतिथ्यतामा र प्रदेश सम्पर्क कमिटीका अध्यक्ष भक्त ब. रावतको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बिशेष अतिथी नेकपा एमाले सम्पर्क समन्वय कमिटीका संयोजक श्यामकुमार बस्नेत, अतिथीहरु एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य एबं पुर्ब संबिधानसभा सदस्य छेजुङ्गं लामा, सम्पर्क समन्वय कमिटीका सह संयोजक थानेश्वर बस्याल, सचिव आरसी लामिछाने, सदस्यहरु जेबी शाही, देविलाल रावल र कर्णाली प्रदेश सभाका सदस्य दानसिंह परियार रहेका थिए ।
सम्मानित बोहोरा अन्तराष्ट्रिय धावक र समाजसेवी रहेका छन ।