समाज

खुल्ला दिसामुक्त पछिको अवस्था विश्लेषण तथा पुर्ण सरसफाई सम्बन्धि १ दिने जनचेतना अभिवृद्धी कार्यक्रम सम्पन्न

१४ जेष्ठ २०८२, मंगलवार १३:३६

हुम्ला । २०८२ जेठ १३ – सर्केगाड गाउँपालिका–७, रोडिकोट हुम्लामा “खुल्ला दिसामुक्त पछिको अवस्था विश्लेषण तथा पुर्ण सरसफाई सम्बन्धि जनचेतना अभिवृद्धी कार्यक्रम”सफलतापूर्वक सम्पन्न गरिएको छ ।

तालिममा वडा नं. ७ का ३० जना महिला प्रतिनिधिहरू, स्वास्थ्य चौकीका कर्मचारीहरू तथा विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो । सो कार्यक्रम सुवी फाउण्डेसनको प्राविधिक सहयोग र खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, हुम्लाको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्देश्य खुल्ला दिसामुक्त घोषणा पछिको वडामा रहेको वर्तमान अवस्थाको समीक्षा गर्नु, चुनौतीहरूको पहिचान गर्नु तथा स्थानीय तहमा स्वच्छता प्रवद्र्धनका लागि महिला प्रतिनिधिहरू र सरोकारवालाहरूलाई सशक्त बनाउनु रहेको थियो । तालिममा सरसफाइ व्यवहार, सुरक्षित खानेपानीको प्रयोग, महिनावारी स्वच्छता व्यवस्थापन लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो ।

स्थानीय जनप्रतिनिधिहरूले तालिमप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले दिगो स्वच्छता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । यो तालिमले स्थानीय स्तरमा पुर्ण सरसफाइ व्यवस्थापनलाई थप मजबुत बनाउँदै सार्वजनिक स्वास्थ्यको प्रवद्र्धनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्