हिमालय प्रेस
अछाम जिल्लाको साँफेबगर नगरपालिका–१३, बाब्ला निवासी मृगौला पीडित हेमराज कुवँरको उपचारका लागि २१ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
पारिवारिक अवस्था नाजुक रहेका कुवँरको मृगौला प्रत्यारोपण आवश्यक परेको जानकारीसँगै विभिन्न व्यक्ति तथा संस्थाहरूले सहयोगको हात अघि सारेका छन्। सुरो नेपालकी केन्द्रिय अध्यक्ष तथा सामाजिक अभियन्ता शुशिला खड्काले आफ्नो खाजा खर्च कटौती गर्दै कुवँरलाई रु १० हजार सहयोग गरेकी छिन ्।
त्यस्तै, समाजसेवी तथा युवा नेता भरत कुवँरले पनि रु ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
समाजमा गरिव, दिनदुखिहरुलाई विगत लामो समय देखि समाजको सेवा गरिरहेको कुरा समाजसेवि पारस रावलले जानकारी दिनु भएको छ ।
त्यस्तै “शहरमा उपचाररत बिरामी होस् वा गाउँघरमा आर्थिक अभावले उपचार पाउन नसकेका नागरिक, जहाँ आवश्यकता हुन्छ, त्यहीँ सहयोग पु¥याउने प्रयास गरिरहेकी छु,” सामाजिक अभियन्ता खड्काले भनिन ्।
उक्त सहयोगबाट हेमराज कुवँरको उपचारमा केही सहजता हुने विश्वास लिइएको छ। हाल कुवँरको काठमाडौँमा उपचार भइरहेको जनाइएको छ ।