अर्थतन्त्र

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

१६ जेष्ठ २०८२, बिहीबार ०७:०१

काठमाडौं, १५ जेठ ।  सरकारले आर्थिक वर्ष २०८२÷८३ को बजेट सार्बजनिक गर्दैछ ।

अर्थमन्त्रालय स्रोतका अनुसार करिब १९ खर्ब रुपैयाँ हाराहारीको बजेट आज सार्बजनिक गर्न लागेको हो ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिउँसो ३ बजे बस्ने संघीय संसदको बैठकबाट बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।  जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १९ खर्ब ६५ करोड रुपैयाँ हाराहारीको बजेट सिलिङ तोके अनुसार नै बजेट तयार गरिएको जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्