कला/मनोरञ्जन

कपुर खानदानवाट बलिउडमा डेब्यु हुदैँछ एक नयाँ हिरोइन

२३ जेष्ठ २०८२, बिहीबार ०८:५०

मुम्बई, २२ जेठ । अभिनेता विक्रान्त मेसी र शनाया कपुरको फिल्म ‘आँखों की गुस्ताखियाँ’ मार्फत दर्शकको मन जित्ने तयारीमा रहेको छ ।

र, यो एक सांगीतिक प्रेमकथा हो, जसले पक्कै दर्शकको मन छुने विश्वास गरिएको छ । मानसी बागलाले लेखेको यो फिल्मबाट कपुर खान्दानवाट अब एकजनाको बलिउडमा डेब्यु हुदैँछ ।

हालै फिल्मको पहिलो पोस्टर रिलिज भएको छ, जसमा विक्रान्त र शनाया कपुर मेलामा एकअर्कासँग प्रेमका सुन्दर पलहरू बिताएको देख्न सकिन्छ ।
पोस्टरले यो फिल्म निकै मिठो र हृदयस्पर्शी कथा हुने प्रष्ट देखाएको छ । यो फिल्मबाट शनाया कपुर बलिउडमा डेब्यु गर्दैछिन् । कपुर खानदानवाट बलिउडमा डेब्यु गर्ने पछिल्लो अन्तिम कलाकार हुन् ।

उनीसँगै विक्रान्त मेसी पनि छन्, जो आफ्नो सादगी र उत्कृष्ट अभिनयका लागि परिचित छन् । दुवैको जोडी पर्दामा निकै ताजा र रोचक देखिएको छ । पोस्टरमा देखिएको झलकले यो जोडीले पर्दामा कस्तो जादू सृजना गर्ने भन्नेमा दर्शकमा उत्सुकता बढेको छ ।

यो चलचित्रमा म्युजिकल रोमान्स मात्रै नभएर विशाल मिश्राले संगीत भरेका छन् । यसका गीतहरूले तपाईंलाई प्रेममा विश्वास दिलाउनु हुनेछ र लामो समयसम्म सम्झि रहनेछन्। विशाल मिश्राको संगीतले सजिएको यो फिल्म प्रेमकथा मात्र होइन, सुन्दर अनुभूति पनि हो ।

जी स्टुडियो र मिनी फिल्म्सको प्रस्तुतिमा मानसी बागला र वरुण बागलाले निर्माण गरेका हुन् । सन्तोष सिंहले निर्देशन गरेको यो कथा मानसी बागलाले लेखेकी हुन् । ‘आँखों की गुस्ताखियाँ’ जुलाई ११, २०२५ मा हलमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्