Flash News

रवि लामिछानेलाई प्रचण्डले दिएनन् सकारात्मक जवाफ

१७ माघ २०७९, मंगलवार ०५:४५

काठमाडौँ। प्रधानमन्त्री प्रचण्डलाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फर्किएका छन्। प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री प्रचण्डलाई भेटेर भर्खरै फर्किएका हुन्।

सभापति लामिछानेले आफूलाई गृह मन्त्रालयमा फर्काउन आग्रह गरेको बुझिएको छ। तर, प्रचण्ड भने लामिछानेलाई गृह मन्त्रीमा फर्काउन सकारात्मक नदिएको बताइएको छ।

‘प्रधानमन्त्रीले रविजीको विषयमा महान्यायाधिवक्ता, कानुनविद्हरुसँग परामर्श गर्नुभयो नागरिकताको केश सुल्झिएपनि पासपोर्टको केशले गाह्रा बनाउँछ। यस्तो अवस्थामा उहाँलाई गृह मन्त्रालयको जिम्मेवारीमा फर्काउँदा सरकारलाई र रविजीलाई समेत राम्रो गर्दैन भन्ने बुझाइ छु प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो, प्रधानमन्त्रीज्यू उहाँको सबै विषय नसुल्झिएसम्म फर्काउन सकारात्मक हुनुहुन्न। उहाँ भने पुरानै जिम्मेवारीमा फर्किन आतुर देखिनुहुन्छ।’ लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फतसमेत गृहमन्त्रीमा फर्काउन लागि प्रधानमन्त्रीलाई दवाव दिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्