काठमाडौं । नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा जिल्ला कमिटी हुम्लाका ईन्चार्ज छक्क ब. लामाको नेतृत्वमा यही चैत्र १ गते हुम्ला जिल्ला सर्केगाड गा.पा. वडा नं. ३ उनापानी गाउमा भएको भिषण आगलागी पिडितलाई तत्काल सरकारलाई राहत तथा पुनर्स्थापनाको माग राखी आज प्रधानमन्त्री केपी शर्मा वली समक्ष प्रधानमन्त्री तथा मन्त्रि परिषदको कार्यालय, सिंहदरबारमा माग पत्र पेश गरिएको छ ।
मागपत्र बुझ्दै प्रधानमन्त्री केपी शर्मा वलीले आगलागी पिडितको लागी तत्काल राहत तथा पुनर्स्थापनाका कार्य अगाडी बढाउने प्रतिबद्धता जनाउनु भएको थियो ।
मागपत्रमा गत असार १ गते राती आकस्मिक रुपमा भिषण आगलागी भई ८ वटा घर पुर्ण रुपमा क्षती भएको, ५ वटा घरधुरी आंिशक रुपमा क्षती भएको र लाखौको धनमाल तथा पशुपंछी चौपायको जलेर नष्ट भएको उल्लेख गरिएको छ ।
मागपत्र पेश गर्ने अन्य सहभागीहरुमा नेकपा एमाले कर्णाली प्रदेश कमिटीका सचिवालय सदस्य रुपा शाही, नेकपा एमाले सम्पर्क समन्वय कमिटीका सदस्य तथा हुम्ला – काठमाडौं सम्पर्क मञ्चका ईन्चार्ज देविलाल रावल, राष्ट्रिय युवा संघ नेपालका उप महासचिव उपेन्द्र शाही, नेकपा एमाले जिल्ला कमिटी हुम्लाका उप सचिव मन्जु रावल, नेकपा एमाले जिल्ला कमिटी हुम्लाका सचिवालय सदस्यहरु पुर्ण रावल र जनक फडेरा, नेकपा एमाले सर्केगाड गा.पा. वडा नं. ३ का वडा कमिटी अध्यक्ष बिरबल रावत लगायतको उपस्थिती रहेको थियो ।