कर्णाली प्रदेश

एमाले कर्णाली प्रदेश कमिटीको छैटौं सचिवालय बैठक बिबिध निर्णय गर्दै सम्पन्न

२९ असार २०८२, आईतवार २०:३५

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको छैटौं सचिवालय बैठक आज कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको छ ।

सचिवालय बैठक नेकपा(एमाले) कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलाबजङ्ग शाहको अध्यक्षता एवम् नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश कमिटी ईन्चार्ज गोरखबहादुर बोगटीको प्रमुख आतिथ्यतामा सुर्खेत जिल्ला कमिटीको पार्टी कार्यालयमा सम्पन्न भएको छ ।

बैठकमा जिल्ला अध्यक्षहरुबाट साङ्गठानिक कामको रिपोर्टिङ, पार्टी अभियानको समीक्षा, आगामी भाद्र महिना भित्र जनसंगठनहरुको भेला र प्रदेश प्रतिनिधि परिषदको बैठक गर्ने लगायतका निर्णय भएको छ ।

प्रमुख अतिथि गोरख ब. बोगटीले राम्रो काम गरेका जिल्ला कमिटीलाई धन्यबाद दिनु भएको थियो, एमाले नेतृत्वको संघीय सरकारले समग्र देशको लागि र कर्णाली प्रदेशको लागि दीर्घकालीन महत्वका काम गरिरहेकोमा धन्यवाद दिनु भयो । पार्टी बिधान महाधिवेशनमा केन्द्रित भैसकेकोले विधि र नीतीमा गर्नुपर्ने सुधारका बारेमा महत्वपूर्ण सुझाव दिएर पार्टीलाइ सहयोग पुर्याउनु पर्ने कुरामा जोड दिनु भयो । अन्य बिना समय र बिनाप्रसङ्गका बिषयमा नबहकिन कार्यकर्तालाई निर्देशन समेत दिनु भएको छ ।

बैठकमा बिशेष अतिथी केन्द्रीय लेखा आयोग अध्यक्ष प्रा.डा. पुष्पराज कडेलले लेखा प्रणाली ब्यबस्थित गर्ने बारेमा प्रकाश पार्नु भएको छ।

प्रतिक्रिया दिनुहोस्