काठमाडौं । काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका वडा नं. २ वाडभञ्ज्याङमा बिहीबार एक जना युवा मृत फेला परेका छन् ।
प्रहरीका अनुसार स्थानीय बाघ बछाला सामुदायिक वनको एक रुखमा झुण्डिएको अवस्थामा १९ वर्षीय सुरज बुढाको शव फेला परेको हो । उनी हुम्ला ताँजाकोट गाउँपालिका वडा नं. ६ का स्थानीय भएको बुझिएको छ ।
मृतकको साथमा नागरिकता र परिचय पत्र समेत फेला परेको हुदा चन्द्रागिरी न.पा. वडा नं. २ का वडाध्यक्षलाई जानकारी गराई निजको रोहबरमा नेपाल प्रहरी चेकपोष्ट बिटले मुचुल्का समेत गरेको चेकपोष्ट प्रहरी ब्रितले हिमालय प्रेसलाई जानकारी गराएको छ ।