Flash News

सन्दीपको मुद्दा न्यायाधीश घिमिरेमा

२२ चैत्र २०७९, बुधबार ०८:०२

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेको मुद्दा बुधवार जिल्ला अदालत काठमाडौँमा सुनुवाइ हुँदैछ।

लामिछानेको मुद्दा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ ।

पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले पाँच बुँदे सर्तसहित उनलाई रिहा गर्न आदेश दिएका थिए । उच्च अदालतले जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्षका लागी थुनामा पठाएको आदेश बदर गरेको थियो ।

सर्वोच्च अदालतले लामिछानेलाई अदालतलाई जानकारी गराएर विदेशमा खेल्न जान अनुमति दिएको थियो । अब, उनको मुद्दामा जिल्ला अदालतबाट अन्तिम सुनुवाइ हुँदैछ । परिवर्तित नाम गौशाला–२६ ले उनी बिरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्