बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूको आजका लागि तय गरिएको शपथग्रहण कार्यक्रम रोकिएको छ।
प्रदेश प्रमुख दिपकप्रसद देवकोटा स्वास्थ्यमा समस्या देखाएर आज बिहानै काठमाडौं हिँडेपछि शपथग्रहण कार्यक्रम अन्तिममा रोकिन पुगेको हो। उनी आज बिहानै उपचारका लागि काठमाडौं हिँडेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री बहादुर सिंह लामाले आज नवनियुक्त ३ मन्त्रीको पद तथा गोपनियताको सपथ लिने जनाएका थिए । जसअनुसार गोविन्द लम्सालले आन्तरिक तथा कानुन, गीता गुरुङले सहकारी तथा गरिबी निवारण र माया श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रीमा आज शपथग्रहण गराउने कार्यक्रमा थियो ।
हिजो सम्पन्न निर्वाचनबाट कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानिया निर्वाचित भइसक्दा पनि लामाले भने तीन मन्त्री नियुक्त गरेका थिए । सायद, यो बिबाद छल्न प्रदेश प्रमुख हेटौडा छाडेर काठमाडौं लागेको अनुमान गरिएको छ ।