काठमाडौं, १८ साउन । साताको पहिलो दिन नेप्से परिसूचक ६३ अंकले घटेको छ। गत शुक्रबारको तुलनामा २.८ प्रतिशतले घटेर २८५८.९० बिन्दुमा रोकिएको हो ।
आज ३१९ कम्पनीको तीन करोड २२ लाख ६० हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसअनुसार कारोबार रकम १३ अर्ब सात करोड ५० लाख रुपैयाँ भएको छ । अघिल्लो दिन १५ अर्बभन्दा धेरैको सेयर कारोबार भएको थियो।
आज नेप्सेका सबै १३ वटा समूहकै सूचकमा गिरावट आएको छ। लघुवित्त र अन्य समूह सर्वाधिक तीन प्रतिशतभन्दा धेरैले घट्दा बैंक, लगानी, जीवन बिमा र उत्पादन तथा प्रशोधन समूह दुई प्रतिशतभन्दा धेरैले घटेका छन्।