समाज

श्रीमतीको हत्या गर्ने श्रीमान गोदाबरीवाट पक्राउ

१९ श्रावण २०८२, आईतवार १७:४६

ललितपुर, १८ साउन । आफ्नै श्रीमती ३४ वर्षीया कमलामाया खड्कीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका–१४ ठैव बस्ने काठमाडौं चन्द्रागिरी नगरपालिका–८ घर भएका ४६ वर्षीय निरोज कुमार खड्कीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

निरोजले कुटपिट गर्दा कमलामायाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्