कास्की, १८ साउन । पोखरा महानगरपालिका–३२ लामेआहालस्थित जंगल साईड रेष्टुरेण्टमा जुवातास खेलिरहेका १७ जना पक्राउ परेका छन्
सोही महानगरपालिका–३२ बस्ने ४२ वर्षीय चित्र बहादुर पुन समेत १७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३३ हजार ७ सय ७० रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।