Flash News

मौसममा सामान्य बदली

१९ माघ २०७९, बिहीबार ०२:१४

काठमाडौं। देशका पहाडी भू-भागहरूमा आंशिक बदली भएको छ भने आज अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू-भागहरूमा हल्का हुस्सु लागेको छ ।

आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागहरूमा  आंशिक बदली रहनेछ भने राति प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ ।

मौसममा आंशिकदेखि सामान्य बदली भए पनि पानी पर्ने सम्भावना भने न्यून रहेको छ । शुक्रबार दिउँसो पनि देशका पहाडी भू-भागहरूमा  आंशिक बदली रहनेछ भने प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो  प्रदेश नं. १ लगायत देशका पहाडी भू-भागहरूमा  आंशिक बदली रहनेछ । राति प्रदेश नं. १ र  गण्डकी  प्रदेशलगायत देशका पहाडी भू-भागहरूमा   पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भाग सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्