काठमाडौं, १९ साउन । कक्षा १२ को परीक्षाको नतिजा सार्बजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड बैठक सम्पन्न भए लगत्तै कक्षा १२ को परिक्षा नतिजा नतिजा सार्वजनिक गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np अथवा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।
यो वर्ष १२ को परीक्षामा ५ हजार २०२ विद्यालयका ५ लाख ११ हजार परीक्षार्थी सामेल थिए । जसमा नियमिततर्फ ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार छन् ।