अर्थतन्त्र

नेप्सेमा दोहोरो अंकको वृद्धि, ८ अर्ब ५३ करोडको कारोबार

२३ श्रावण २०८२, बिहीबार १७:०९

काठमाडौँ । आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से विहिबार १८.३० अंकले बढेर २८५०.३७ विन्दुमा पुगेको हो ।

आजको कारोबारमा विभिन्न ३१८ कम्पनीका २ करोड ५४ लाख ३ हजार ५४० कित्ता शेयर ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार २५४  मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज सिक्लेस हाइड्रोको शेयर सबैभन्दा बढी ९.८१ प्रतिशतले बढेको छ भने बरुण हाइड्रोको शेयर ९.७८ प्रतिशतले बढेको छ ।

त्यस्तै आज उन्नति लघुवित्तको शेयर सबैभन्दा बढी ८.२६ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार लिबर्टी इनर्जीकोको ३९ करोड र शिभम सिमेन्टको ३६ करोड ९३ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्