मधेश प्रदेश

सप्तरीमा बेवारिसे अवस्थाको ३९६ केजी गाँजा बरामद

२४ श्रावण २०८२, शुक्रबार १७:३५

सप्तरी, २३ साउन । बेबारिसे अवस्थामा रहेको ठुलो परिमाणको लागुऔषध गाँजा बरामद भएको छ ।

डाक्नेश्वरी नगरपालिका– ५ पातोस्थित महादेबा टोलको नहरी, धानखेत र बाँसघारी क्षेत्रमा बेबारिसे अवस्थामा रहेको ठुलो परिमाणमा गाँजा प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार सम्भवतः भारततर्फ तस्करी गर्ने तयारीमा राखिएको अवस्थामा ३ सय ९६ किलो गाँजा फेला पारेको हो । उनका अनुसार नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले सो परिणामको गाँजा बरामद गरेको हो ।

अलपत्र अवस्थामा फेला परेका १७ वटा बण्डलमा रहेको ३९६ किलो गाँजा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कल्याणपुरमा जिम्मा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्