पर्सा, २३ साउन । बिरगंज महानगरपालिका– १४ भाटभटनी सडकखण्डबाट विल बिजक भन्दा बढी सामान बोकेको ट्रक बरामद भएको छ ।
प्रहरीका अनुसार अन्दाजी मुल्य ८२ लाख ७८ हजार ७५६ रुपैयाँबराबरको सामान सहित ना ६ ख ७८२२ नम्बरको मालबाहक ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी गण्डकबाट खटिएको संयुक्त प्रहरी टोलीले बिरगंजबाट बाँके तर्फ लैजाँदै गरेको अवस्थामा चेक जाँच गर्दा बिल बिजक भन्दा बढी खुद्रा तथा हार्डवेयर सामानहरु लोड रहेकोले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ ।