कोशी प्रदेश

प्रतिवन्धित औषधी बेचविखनमा संलग्न मेडिकल संचालकसहित २ जना पक्राउ

२४ श्रावण २०८२, शुक्रबार १९:१२

झापा, २३ साउन । कमल गाउँपालिका–६ स्थितबाट प्रतिवन्धित औषधी बेचविखनमा संलग्न मेडिकल संचालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कमल गाउँपालिका–६ स्थित बिष्णु प्रसाद बगालेको घरमा लागू औषध लुकाई छिपाई राखेको छ भन्ने बिशेष  सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उक्त घरको कोठा भित्र प्रतिबन्धित औषधी ट्रामाडोल ३ हजार क्याप्सुल, डायक्लोमाई २ हजार १ सय १० ट्याव्लेट र स्पास्पेन २ हजार ५० ट्याव्लेट बरामद गरेको हो ।

प्रतिबन्धित औषधी बरामद भएसँगै घर धनी बगाले र बेचबिखनमा संलग्न दमक मेडिकल डिस्ट्रिब्युटरका संचालक ४० बर्षीय गंगा बहादुर खड्कालाई नियन्त्रणमा लिएको हो ।

थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्