Flash News

‘फेरि गृहमन्त्री हुन्छु’ भन्दै रविले छोड्न मानेनन् मन्त्री क्वार्टर

१९ माघ २०७९, बिहीबार ०२:१८

काठमाडौँ। नागरिकता विवादमा सर्वोच्चको फैसलापछि गृहमन्त्री पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अझै मन्त्री क्वार्टरमै बसिरहेका छन्।

आइतबार नेपाली नागरिकता पुनः प्राप्त गरेसँगै गृहमन्त्री पद फिर्ता गर्न प्रधानमन्त्री तथा नेताहरुको घर धाइरहेका रविले ‘केही दिनमै गृहमन्त्री बन्छु’ भन्दै क्वार्टर छोड्न नमानेका हुन्।

माघ १३ गते शुक्रबार सर्वोच्चले रविले प्रयोग गर्दै आएको नागरिकता अवैध ठहर गरेको थियो। त्यसलगत्तै उनको सांसद पद स्वतः खारेज भएसँगै उनले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए।

सञ्चार कर्मममा रहँदा नेता तथा मन्त्रीले सरकारी सम्पति दुरुपयोग गरेको भन्दै चर्को आलोचना गर्ने गरेका रवि आफैले पद गइसकेपछि पनि क्वार्टर नछोडेर पुरानै प्रवृत्ति दोहोर्याएको भन्दै आलोचना सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्