समाज

चन्द्रागिरीको हाईभिजन कोलोनीमा तिज बिशेष कार्यक्रम आयोजना

५ भाद्र २०८२, बिहीबार १६:५५

काठमाडौं । काठमाडौ जिल्लाको चन्द्रागिरी न.पा. स्थित हाई भिजन कोलोनी महिला समुहको आयोजनामा तिज बिशेष दर खाने कार्यक्रम आयोजना भएको छ ।

कार्यक्रम बागमती प्रदेश सरकारका उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको छ । कार्यक्रममा हाई भिजन कोलोनी समाजका अध्यक्ष तारा ब. केसी, पुर्ब अध्यक्ष सुर्य ब. कुवर, नेपाल ट्रक तथा ट्रिपर व्यवसायी समितीका अध्यक्ष लगायतका अन्य व्यक्तित्वको आतिथ्यतामा भएको छ ।

कार्यक्रम हाई भिजन कोलोनी महिला समुहको अध्यक्ष चित्रकला भट्टचनको अध्यक्षतामा भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले आउदै गरेको तिज २०८२ को शुभकामना व्यक्त गर्नु भयो भने तिजको महत्व र बिशेषताका बारेमा प्रकाश पार्नु भएको छ । कार्यक्रमका अन्य अतिथीहरुले शुभकामना मन्तब्य राख्नु भएको छ ।

कार्यक्रममा हाई भिजन कोलोनी भित्रका सम्पुर्ण महिला दिदि बहिनीहरुको ब्यापक सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्