खेलकुद

बार्सिलोना गिरोनासँग बराबरीमा रोकियो

२८ चैत्र २०७९, मंगलवार ०१:५९

काठमाडौं। स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना गिरोनासँग बराबरीमा रोकिएको छ।

सोमबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गिरोनासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो। नोउ क्याम्पमा रोवर्ट लेवान्डोस्कीले सुरुमै गोल गर्ने अवसर गुमाएका थिए। फुलहमबाट लोनमा आएका गिरोनाका गोलकिपर पाउलो गाज्जानियाले केही राम्रा बचाउ गरेका थिए ।

यस सिजन बार्सिलोनाले घरेलु मैदानमा अंक गुमाएको यो तेस्रो पटक हो। बराबरीपछि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि १५ अंकको अग्रता बनाउने अवसर गुमायो।

शनिबार रियल मड्रिड भियारियालसँग ३-२ ले पराजित भएपछि बार्सिलोना फाइदा पुगेको थियो । तर जाभीको टिमले पनि गिरोनालाई हराउन सकेन । यद्यपि बार्सिलोना रियलभन्दा अझै १२ अंकले अघि छ। २८ खेलबाट बार्सिलोनाको ७२ अंक छ भने समान खेलबाट रियलको ५८ अंक छ ।

प्रतिक्रिया दिनुहोस्