इस्लामवाद, ६ भदौं । यस बर्षको मनसुनमा पाकिस्तानमा वर्षा र बाढीका कारण ७०६ जनाको ज्यान गएको छ ।
इस्लामाबादको राष्ट्रिय आपदा व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार घाइतेको संख्या ९ सय ६५ पुगेको छ ।
एनडीएमएका अनुसार वर्षा र बाढीको सबैभन्दा बढी असर खैबर पख्तुनख्वा प्रान्तमा देखिएको छ । यहाँ मात्रै ४२७ जनाको मृत्यु भएको छ । यसपछि पञ्जाबमा १६४, सिन्धमा २९, बलुचिस्तानमा २२, पाकिस्तान अधिकृत कश्मीर (पीओके) मा ५६ र इस्लामाबाद क्षेत्रमा ८ जनाको मृत्यु भएको छ।
पाकिस्तानी सेनाले प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यलाई तीव्र पारेको जनाएको छ।